भोलि सार्वजनिक बिदा !

पोखरा । गण्डकी प्रदेश सरकारले माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले आज एक विज्ञप्ति जार्री गरी गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिने निर्णय भएको जनाएको हो।

Advertisement

‘प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार भोलि २२ गते प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको हो’, कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जारी गरेको सूचनामा उल्लेख छ।

More News last news
Loading...