स्याङ्जा अर्जुनचौपारीमा रहेको नवग्रह मन्दिरको अध्यक्षमा पोखरेल सर्वसम्मत

स्याङ्जा । नेपालकै पहिलो नवग्रह मन्दिरको अध्यक्षमा भरत पोखरेल सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । शनिवार बसेको आम बैठक बाट पोखरेल सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् । त्यसैगरी उपाध्यक्षमा नन्दकला तिवारी, सचिवमा लाल बहादुर क्षेत्री, सह सचिवमा लोक कुमारी काफ्ले र कोषाध्यक्षमा बन्दना भुषाल सर्वसम्मत रुपमा निर्वाचित भए ।

अर्जुनचौपारी गाउँपालिका वडा नं १ का अध्यक्ष रण बहादुर थापा को अध्यक्षमा मा बसेको भेलामा अर्जुनचौपारी गाउँपालिकाका सबै वडा र छिमेकी पालिकाका समेत गरि करिब २ सय जनाको सहभागीता रहेको थियो ।

Advertisement

पोखरेल संस्कृत भाषा अध्ययन गरेका भएकोले र नवग्रह मन्दिरलाई यो तहसम्मको उचाई मा पुर्याउन गरेको योगदान को आधारमा पनि सबैको रोजाइमा परेको रण बहादुर थापाले जानकारी दिए। नेपालमै पहिलो पटक स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा नवग्रह मन्दिरको निर्माण भईरहेको छ ।

निर्माणाधिन नेपालकै पहिलो नवग्रह मन्दिर ।
More News last news
Loading...