एकीकृत समाजवादीको जिल्ला कमिटी एमालेमा बिलय

बागलुङ । नेकपा एकीकृत समाजवादीको बागलुङको पुरै जिल्ला कमिटी एमालेमा समाहित भएको छ । बिहीबार एक कार्यक्रमका बीच समायोजन कार्यक्रम गरेर एकीकृत समाजवादीका नेताहरूलाई एमालेले पार्टीमा भित्र्याएको हो।  एकीकृत समाजवादी बागलुङ जिल्लाका सम्पूर्ण जनसंगठन र पेशागत संगठनहरू पनि एमालेमा समाहित भएको एमालेले जनाएको छ।

कार्यक्रममा एकीकृत समाजवादी बागलुङका अध्यक्ष लाल बहादुर थापाले एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसीलाई माइन्यूट हस्तान्तरण गरेका थिए । एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले एकिकृत समाजवादीका जिल्ला अध्यक्ष लाल बहादुर थापा र केन्द्रीय सदस्य श्रीप्रसाद शर्मासहितको टीमलाई पार्टीमा स्वागत गरेका छन् ।

Advertisement

एमालेकी केन्द्रीय पोलिट्व्यूरो सदस्य एवं जिल्ला इन्चार्ज मन कुमारी केसी, जिल्ला अध्यक्ष हिराबहादुर केसी र सचिव गणेश बहादुर थापामगर तथा एकीकृत समाजवादीका केन्द्रिय सदस्य श्रीप्रसाद शर्मा, जिल्ला अध्यक्ष लालबहादुर थापा र सचिव भरत पुरी बिहिवार संयुक्त विज्ञप्ति जारी गर्दै समाहित भएको घोषणा गरेका छन् ।

More News last news
Loading...