जन्मदिन मनाउन पोखरा पुगे पल शाह, ज्योतिष भट्टराईले दिए मन्दिर उपहार

पोखरा । लोकप्रिय नायक पल शाह अर्थात पूर्ण बिक्रम शाह जन्मदिन मनाउन पोखरा पुगेका छन् । जन्मदिनको अवसरमा पोखराको विन्ध्यवासिनी मन्दिर दर्शन गर्न पुगेका शाहलाई नयाँ पुस्तामाझ लोकप्रिय ज्योतिष भवेश भट्टराई लगाएतले जन्मदिन जन्मदिको अवसरमा मन्दिर नै उपहार दिएका छन् ।

ज्योतिष भट्टराईले शाहको जन्मदिको अवसर पारेर धार्मिक एवं पर्यटकीय स्थल म्याग्दी मालिका मन्दिर तस्विर उपहार दिएका हुन् । सरप्राइज रुपमा जन्मदिनमा मन्दिर नै उपहार पाउँदा आफुँ खूशी र उत्साहित भएको नायक शाहले बताएका छन् ।

Advertisement

भट्टाईले आफ्नो गृहपालिका समेत रहेको म्याग्दीको मालिका स्थित मालिका देवी मन्दिरको उत्थान, प्रचार प्रसार भई धार्मिक एवं पर्यटकीय स्थलका रुपमा सबै माझ पुगोस् भनेर नायक पल शाहलाई मन्दिर दान गरेको बताए ।

More News last news
Loading...