काठमाडौं । बिन्ध्यवासिनी फाउण्डेसनले युवा गायक रुपक डोटेललाई प्रेमध्वज संगीत रत्नबाट सम्मान गर्ने भएको छ। शनिबार आयोजित फाउण्डेसनको दशौँ वार्षिक भेलाले डोटेललाई २५ हजार रुपैयाँ राशीसहित सम्मान प्रदान गर्ने निर्णय गरेको हो।
दुई दशकदेखि सांगीतिक क्षेत्रमा अनवरत सक्रिय डोटेलका ‘सपनी राम्रो देखिनँ, मेरो बोली सुन्दा, वनकी चरी के भन्छे, चोखो माया लाकै हो’ सानु माया, बाचा त गरें अब रुन्न भनेर लगायतका गीतहरु लोकप्रिय छन् । उनले चलचित्र र फुटकर गरी हालसम्म पाँच सय बढी गीतमा स्वर दिइसकेका छन्।
२०६१ सालमा नेपाल टेलिभिजनबाट प्रसारित ‘नेपाली तारा’ प्रतियोगितामा भाग लिएर तेस्रो बनेपछि डोटेल गीत संगीतमा चम्किँन थालेका हुन् । उनले यो समयलाई सांगीतिक यात्राको टर्निङ पोइन्ट मान्दछन् ।
अरु क-कसलाई कुन अर्वाड ?
म्युजिक लाइफटाइम अचिभमेन्ट अवार्ड २०८० अग्रज गायिका मीरा राणालाई सम्मानित गरिने भएको छ । उनलाई नगद एक लाख रुपैयाँ राशिसहित सम्मानप्रदान गर्ने जनाइएको छ। बिन्ध्यवासिनी संगीत साधना सम्मान २०८० बाट नगद ५० हजार रुपैयाँ राशिसहित वरिष्ठ संगीतकार भूपेन्द रायमाझीलाई सम्मान गर्ने निर्णय भएको छ।
भेलाले २५ राशिसहितको बिन्ध्यवासिनी कला पत्रकारिता सम्मान पत्रकार शान्ति प्रियलाई अर्पण गर्ने निर्णय गरेको छ । बिन्ध्यवासिनी फाउण्डेसनले लोक दोहोरी गायक राजु परियारलाई झलकमान लोक संगीत सम्मान २०८० बाट सम्मानित गर्ने भएको छ।
परियारलाई २५ हजार रुपैयाँ राशीसहित सम्मान प्रदान गरिने भएको हो । म्युजिक अवार्डको १४ औँ संस्करण चैत १ गते आयोजना हुने जनाइएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
