कास्की । राष्ट्रिय सभा सदस्यकाे चुनावका लागि गण्डकी प्रदेशमा ३ वटा पदका लागि ८ जनाको उम्मेदवारी परेको छ । माघ ११ गते हुने चुनावका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारी परेकाे निर्वाचन कार्यालय गण्डकीका निमित्त प्रमुख रुद्र न्यौपानेले बताउनुभयाे ।
कांग्रेसबाट गोरखाका किरणबाबु श्रेष्ठ र कांग्रेसबाट अपाङ्गता क्लस्टरमा पदमबहादुर परियारले उम्मेदवारी दर्ता गराउनुभएकाे छ । यस्तै माओवादीबाट पर्वतकी मनरुपा शर्माले उम्मेदवारी दर्ता गराउनुभएकाे छ ।
यसैगरी एमालेबाट गोरखाकी सम्झना देवकोटा, स्याङ्जाका चक्रबहादुर पराजुली र मुस्ताङका हेमचन्द्र शेरचन थकालीले उम्मेदवारी दर्ता गराउनुभएकाे छ । राप्रपबाट कास्कीका राेमबहादुर भण्डारी र महिला क्लस्टरमा तनहुँकी गौमाया श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएकाे छ ।
गण्डकीबाट राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित प्रकाश पन्थ र दीपा गुरुङको ६ वर्षे कार्यकाल सकिँदैछ ।
राष्ट्रिय सभा चुनावका लागि गण्डकीमा नेपालकी कांग्रेसको २ हजार ७ सय ४ मतभार छ । त्यसैगरी नेकपा एमालेको २ हजार ४ सय ५८, माओवादीको ९ सय ९४, राप्रपाको १ सय ६, समाजवादीको ७२, राष्ट्रिय जनमोर्चाको ५७ र स्वतन्त्र उम्मेदवारकाे १९ मतभार रहेको छ । गण्डकीमा सत्ता गठबन्धनका उम्मेदवारको पक्षमा बढी मतभार रहेकाले सत्ता गठबन्धनकै जित हुने देखिन्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
