आफूविरुद्ध भ्रम फैलाएको भन्दै समीक्षा अधिकारीले हालिन् प्रहरीमा उजुरी

काठमाडौं । गायिका समीक्षा अधिकारीले आफ्नो बारेमा भ्रम फैलाउने चार ओटा फेसबुक पेजविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएकी छिन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राख्दै अधिकारीले उजुरी दिएको जानकारी दिएकी हुन् ।

“केही कागजपत्र मिलाउनुपर्ने भएका कारण अस्ट्रेलियाको भिसामा भएको ढिलाईको विषयलाई लिएर सामाजिक सञ्जालमा ‘मलाई अस्ट्रेलियाले ब्ल्याकलिस्टमा राखेको’ भन्ने झुटो खबर फैलाइएकोमा त्यसको प्रतिवाद स्वरूप केही सञ्जालहरू किटान गरी जिल्ला प्रहरी कार्यालय, कास्कीमा उजुरी दिएकी छु,” गायिका अधिकारीले फेसबुक पोस्टमा लेखेकी छिन्, “वास्तविक कुरा नबुझी आफ्नो सञ्जाल प्रचारको लागि कसैको जिन्दगीसँग खेलबाड गर्नु जघन्य अपराध रहेको मेरो निष्कर्ष रहेको छ ।”

Advertisement

उनले सञ्चार माध्यमलाई यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्न अनुरोध गरेकी छिन् । उनले ताजा खबर, ग्लोबल नागरिक, हाम्रो लर्निङ सेन्टर र रुटिन अफ बुटवल बन्द नाम गरेका फेसबुक पेजविरुद्ध जुरी दिएको निवेदनमा उल्लेख छ । बिना कुनै प्रमाण जे मन लाग्यो त्यही लेखी पोस्ट गरेकाले ती फेसबुक पेज बन्द गराइदिन भन्दै अधिकारीले निवेदन पेस गरेकी छिन्।

More News last news
Loading...