पोखरामा सडक भासियो, भ्वाङ पुर्न आएको टिपर पनि खाल्डोमा

पोखरा । पोखरा–१६, बाटुलचौरस्थित डाँडाथोक मार्गमा सडक भासिएको छ । मातृशिशु अस्पताल नजिकै घर अगाडिको पिच सडक भासिएपछि त्यहाँको बस्ती नै जोखिममा परेको छ । स्थानीयका अनुसार राति उक्त स्थानको सडक भासिएको हो ।

Advertisement

सडक भासिएपछि परेको भ्वाङ पुर्न आएको ग १ क ५५०१ नम्बरको टिपर नै खाल्डोमा परेपछि निकाल्ने प्रयास भइरहेको छ । पोखराको कमचोर भू धरातल मानिने बाटुलेचौर र अर्मला क्षेत्रका विभिन्न ठाउँमा समय समया भासिने र भ्वाङ पर्ने गर्दछन् ।

More News last news
Loading...