पोखराको गगनगौंडामा १ करोड लिटर क्षमताको डिजल भण्डार गृह उद्घाटन

पोखरा । पोखरा महानगरपालिका वडा २९ र ३० गगनगौंडामा रहेको इन्धन डिपोको भण्डारण क्षमता बिस्तार भएको छ ।
संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले १ करोड लिटर क्षमताको डिजल भण्डारगृहको उद्घाटन गरेका हुन् । यसबाट गण्डकी प्रदेशमा पेट्रोलियम पदार्थको बिक्री वितरणलाई सुदृढ बनाउन कोशेढुंगा सावित हुने विश्वास नेपाल आयाल निगमले गरेको छ।

पोखरामा डिपोबाट सामान्य अवस्थामा दैनिक डिजेल दैनिक २ सय ८० किलोलिटर, पेट्रोल १ सय २० किलोलिटर बिक्री हुन्छ । गण्डकी प्रदेशमा मात्र डिजेल र पेट्रोल पम्प ५८ वटा छन् । नेपाल आयल निगमको प्रादेशिक कार्यालय पोखराका परियोजना प्रमुख मनोज ठाकुरले अब गण्डकी प्रदेशभर १ महिनालाई पुग्ने इन्धन भण्डारण गर्न सकिने बताए ।

Advertisement

निगमले उक्त स्थानमा निर्माण गरेको १० हजार किलोलिटर क्षमताका २ वटा डिजल भण्डारण र २४ हजार किलोलिटर क्षमताको पानीट्यांकी उद्घाटन गरिएको हो । नेपालकै तेस्रो ठूलो डिपोको रुपमा रहेको उक्त भण्डारगृह ८९ करोड रुपैयाँ लगानीमा बनेको हो ।

भण्डारगृहमा हाल २२ लाख ८० हजार लिटर डिजेल र १० लाख १० हजार लिटर पेट्रोलको भण्डारण क्षमता छ । करिब ४ लाख ६७ हजार लिटर पेट्रोलियम पदार्थको खपत हुन्छ । हाल १ दिनमा प्रदेशभर ३ लाख ३ लाख २० हजार लिटर डिजेल र १ लाख ६० हजार लिटर पेट्रोल बिक्री वितरण हुँदै आएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनको ६ महिनापछि विमानस्थल परिसरमा इवाई इन्धन डिपोको शिलान्यास भएको छ । मन्त्री रिजालले सोमबार नै सो डिपो शिलान्यास गरेका हुन् । हवाई इन्धन डिपो पोखराका प्रमुख धीरजविक्रम खड्काले यहाँ १२ लाख लिटर क्षमताका ३ वटा डिपो निर्माण गरिने बताए । डिपो निर्माणमा ७७ करोड खर्च हुने नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले बताए ।

More News last news
Loading...