मंसिरको आम चुनावका बेला देखिएको राष्ट्रिय चासो वैशाखको उपचुनावमा पनि देखिने पक्का भएको छ । राष्ट्रिय राजनीतिमा प्रभाव जमाएका हेभिवेट उम्मेदवारहरु आगामी १० वैशाखमा हुने उपचुनावमा खडा हुने भएकाले यो चुनावको महत्व अरु बेलाका उपचुनावभन्दा बढ्ता देखिएको हो ।
चितवन २ मा यसअघि निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद नागरिकता प्रमाणपत्रका कारण खारेज भएको थियो । यसबीचमा उक्त मुद्दा किनारा लागे पनि गुमेको पद प्राप्त गर्न उपचुनावमा चुनिएरै आउनुपर्ने हुन्छ । रविको प्रतिस्पर्धीका रुपमा कांग्रेसले जीतनारायण श्रेष्ठलाई उम्मेदवार चयन गरेको छ । चितवन कांग्रेसका पूर्वसभापति समेत रहेका श्रेष्ठ भर्खरै सम्पन्न नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीले भने उपनिर्वाचन लड्नका लागि सभापति रवि लामिछानेलाई उमेद्वार, चुनावी कमान्डर समेत तोकेर चुनावी मैदानमा होमिसकेको छ । केहि दिनदेखि लामिछाने चितवन २ जनमानसका गुनासा सुन्दै आफूँ जन्जिर तोडर आएको र अब काम गर्नका लागि मत दिन आग्रह गर्दै आएका छन् ।
भिडियोमा हेर्नुहोस् पूरा जानकारी :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
