काठमाडौँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ‘नो भोट’ को व्यवस्था गर्न नसकिने बताउनु भएको छ ।
थपलियाले गोरखापत्र दैनिकसँग कुरा गर्दै तत्काल नो भोटको व्यवस्था गर्न नसकिने बताएका हुन् । यसैगरी थपलियाले कानुनको अवज्ञा गर्नेलाई ठाउँको ठाउँ कारवाही गर्ने बताएका छन् । निर्वाचन आचारसंहिता लागु भएपछि कसैले कानुनको अवज्ञा गर्छ भने त्यस्तालाई तत्कालै कारवाही गरिने बताएका हुन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
