कांग्रेस महाधिवेशनः मीन विश्वकर्माले लिए केन्द्रीय सदस्यबाट उम्मेदवारी फिर्ता

काठमाडौँ । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका मीन विश्वकर्माले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

शनिबार दलित कलस्टरबाट उम्मेदवारी दिएका उनले आइतबार फिर्ता लिएका हुन्।

Advertisement

कांग्रेस निर्वाचन समितिका अनुसार आइतबार बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने र मध्यान्न सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।

यसअघि दलित समावेशी कोटाबाट सहमहामन्त्री पदको उम्मेद्वार घोषणा गरेका विश्वकर्मालाई सभापति शेरबहादुर देउवाले पत्याएनन् र मानबहादुर विश्वकर्मालाई उम्मेद्वार बनाए।

सहमहामन्त्री पदको उम्मेद्वार बन्न नपाएपछि केन्द्रीय सदस्य पदमा पनि नउठ्ने भन्दै आफ्नो उम्मेद्वारी फिर्ता लिएका हुन्।

More News last news
Loading...