देउवा प्यानलको मनोनयन दर्ता, महामन्त्रीमा प्रशकाशशरण महत र प्रदीप पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभापतिको मनोनयन दर्ता गरेका छन्। प्रधानमन्त्रीसमेत रहेका देउवा आफैं भृकुटीमण्डपमा पुगेर उम्मेदवारी दर्ता गरेका हुन्।

संस्थापन प्यानलमा उपसभापतिको उम्मेदवारमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का छन्। महामन्त्रीमा डा प्रकाशशरण महत र प्रदीप पौडेल छन्।

Advertisement

पौडेल सिटौला समूहबाट महामन्त्रीका उम्मेदवार बनेका हुन्। संस्थापन समूहबाट आठजनाको टुंगो लागेको छ ।

जसअनुसार आदिवासी जनजातिमा भीष्मराज आङ्देम्बे, दलितमा मानबहादुर बिक, महिलामा डिना उपाध्याय, मधेशीमा महेन्द्र यादव र खस आर्यमा किशोरसिंह राठौर, थारुमा उमाकान्त चौधरी, मुस्लिममा फरमुल्लाह मन्सुर र पिछडिएको क्षेत्रमा जीवनबहादुर शाही उम्मेदवार बनेका छन् ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दर्ता गरेका छन् । उनी एक्लै महामन्त्रीमा उम्मेदवारी दर्ता गर्न गएका थिए ।

महामन्त्रीमा उम्मेदवारी दर्ता गरेर फर्केपछि शर्माले आफूले प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दर्ता गराएको घोषणा गरेका छन् ।

More News last news
Loading...