उद्घाटन भाषणमै सिटौलाले मागे प्रदीप पौडेललाई भोट

काठमाडौँ । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले लोकतन्त्रको रक्षा गर्न कांग्रेसले आचरण व्यवहार र शैली परिवर्तन गर्नुपर्ने बताएका छन्।

महािधवेशन उद्घाटनमा युवाका तर्फबाट भन्दै उनले नेता प्रदीप पौडेललाई अघि सार्दै भोट समेत मागेका छन्।

Advertisement

१४औं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै सिटौलाले पार्टीलाई जनताको नजरमा समुन्नत बनाइ आगामी निर्वाचनमा पहिलो पार्टी बन्नुपर्ने बताएका छन्। यसका लागि नेतृत्व बलियो बन्नुपर्ने उनको भनाइ छ।

उनले कांग्रेसले मात्र देश राम्रो बनाउने दाबी पनि गरे। उनले पार्टीलाई युवापुस्तामा हस्तान्तरण गर्ने वेला भएको पनि बताए।

सो अवसरमा बोल्दै नेता शशांक कोइरालाले कांग्रेस नीति छोडेर नेतृत्वमा केन्द्रीत हुनु दुखद भएको भन्दै त्रुटीहरु सुधारेर संविधान कार्यान्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिए।

उनले धर्म निरपेक्ष देश नहुने भन्दै संविधानमा धर्म स्वतन्त्र राख्ने विषयमा कांग्रेसले पहल गर्नुपर्ने बताए।

More News last news
Loading...