काठमाडौं l नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले १४औँ महाधिवेशनमा पेस गरिने राजनीतिक, आर्थिकसहितका प्रतिवेदन पारित गरेको छ ।
सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले शुक्रबारबाट सुरु हुन लागेको १४औँ महाधिवेशनमा पेस गरिने प्रतिवेदनलाई पारित गरेको नेता महेन्द्र यादवले जानकारी दिए ।
वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंहसहितका नेताहरुले सो बैठकलाई बहिस्कार गरेका थिए । काठमाडौंमा शुक्रबारबाट कांग्रेसको १४औँ महाधिवेशन सुरु हुँदै छ ।
रामचन्द्र पौडेलबिनाको कांग्रेसको अन्तिम बैठक
नेपाली कांग्रेसको मौजुदा केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको छ । १३औँ महाधिवेशनबाट चयन भएको कार्यसमितिको सो बैठकलाई अन्तिम बैठक पनि भनिएको छ ।
पार्टी सभापति शेरबहादुर देउवासहितका नेताहरू सहभागी सो बैठकलाई वरिष्ठ नेता रामचन्द्र पौडेलले भने बहिस्कार गरेका छन् । बैठकले विधान संशोधन गर्ने तयारी गरेपछि पौडलले बहिस्कार गरेको बताइएको छ ।
शुक्रबारबाट सुरु हुन लागेको १४औँ महाधिवेशनका विषयमा छलफल गर्न भनेर डाकिएको सो बैठकमा विधान संशोधन प्रस्ताव लैजाने तयारी भएको थियो । नेताहरूको व्यवस्थापनका लागि विधान संशोधन गर्न लागिएको चर्चाकाबीच पौडेलले बैठक नै बहिस्कार गरेका हुन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
