महाधिवेशन अघि कांग्रेसले बोलायो अन्तिम केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ ।

बिहीबार (भोलि) बिहान साढे ११ बजे बस्ने गरि बैठक बोलाइएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

Advertisement

बैठक पार्टी कार्यालय सानेपामा बस्ने छ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थिति रहेन छ।

२४ गतेबाट महाधिवेशन गर्न लागेको कांग्रेसले त्यसअघि अन्तिम बैठक बोलाएको हो।

More News last news
Loading...