काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवन परियारले सहमहामन्त्री पदमा उमेद्वारी दिने घोषणा गरेका छन् । परियारले आज (मंगलबार) काठमाडौँमा पत्रकार सम्मेलन गरेर काँग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सह महामन्त्री पदमा उमेद्वारी दिने घोषणा गरेका हुन् ।
यसअघि दुई कार्यकाल सर्बाधिक मत ल्याएर केन्द्रीय सदस्यमा विजयी भएका नेता परियार नेपाली काँग्रेस कास्कीका बौद्धिक नेतामा गनिन्छन्।
१४औँ महाधिवेशनबाट सभापतिबाहेक दुई उपाध्यक्ष, दुई महामन्त्री, आठ सहमहामन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ । कोषाध्यक्ष भने सभापतिले मनोनय गर्ने व्यवस्था विधानले गरेको छ। जसमा समावेशी समूह अन्तर्गत खस आर्य, महिला, थारु, आदिवासी जनजाति, दलित, मधेशी, मुस्लिम र पिछडिएको क्षेत्रबाट १–१ जना सहमहामन्त्री चुनिने छन् ।
नेता परियारले सोही दलित समावेशी तर्फको सहमहामन्त्री पदमा उमेद्वारी दिने घोषणा गरेका हुन्। सहमहामन्त्रीमा संस्थापन इत्तर पक्षमा उनी एक्ला दाबेदार मानिन्छन्। नेपाल दलित संघको दुई पटक महामन्त्री भएका परियार संविधानसभा सदस्य समेत हुन्।
उमेद्वारी घोषणा कार्यक्रममा गण्डकी प्रदेशका मन्त्री डोबाटे विश्वकर्मा, सांसद् प्रकाश स्नेही रसाइली, राष्ट्रिय सभाका सदस्य प्रकाश पन्थलगायतका नेताहरुले केन्द्रीय सदस्यमा उमेद्वारी घोषणा गरेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
