काठमाडौं l नेपाली कांग्रेसमा संस्थापनइतर समूहकाे बैठक आज मंगलबार बस्दैछ ।
कांग्रेसकाे १४औँ महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाले सभापतिमा साझा उम्मेदवार बनाउने तयारी गरेका हुन् ।
त्यसका लागि साेमबार साँझ पौडेल निवास बोहराटारमा बैठक बसेकाे थियाे । बैठकमा सभापतिका आकांक्षीमध्येबाट एक जनामात्र उम्मेदवार बनाउने समझदारी भएकामा आज फेरि दिउँसाे १ बजे नेता सिंहको चाक्सीबारीस्थित निवासमा केन्द्रीय सदस्यको बैठक बस्न लागेकाे हाे ।
पौडेल समुहबाट स्वयम् नेता पौडेल, प्रकाशमान सिँह, महामन्त्री शशांक कोइराला, नेता शेखर कोइराला लगायतले सभापतिमा उमेद्वारी घोषणा गरेका छन् । नेतृ सुजता कोइराले पनि आफुँ सभापतिमा उठ्ने दावी गदै आएकी छन् ।
काँग्रेसको १४औँ महाधिवेशनका लागि सभापति शेर बहादुर देउवा र अहिलेसम्म देउवाका सारथी भएर काम गरेर उपसभापति विमलेन्द्र निधिले सभापतिमा उमेद्वारी घोषणा गरिसकेका छन् ।
अघिल्लो महाधिवेशनमा नै सभापतिमा उठेर पराजीत भएका नेता कृष्ण प्रसाद सिटौला अहिलेसम्म मौन बसेका छन् । उनको मौनतालाई काँग्रेसभित्र कुटनैतिक चालको रुपमा हेरिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
