काठमाडौं l राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा रेखा थापा पराजित भएकी छिन् । एकता महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि शनिवार सम्पन्न मतदानमा थापा कुन्ती शाहीसँग पराजित भएकी हुन्।
उम्मेदवारी मनोनयनमा थापा र शाहीबीच जुहारी चलेको थियो। महिला महामन्त्रीतर्फ थापा समूहकी कुन्तीकुमारी शाही विजयी भइन् । उनले २००८ मत ल्याइन्। महिला महामन्त्रीमा लिङ्देन समूहकी रेखा थापाले १६४० मत ल्याएर पराजित भइन्।
महिला महामन्त्रीतर्फ थापा समूहकी कुन्तीकुमारी शाहीले २००८ मत ल्याइन् भने लिङ्देन समूहकी रेखा थापाले १६४० मत ल्याएर पराजित भइन्।
महामन्त्रीको प्रतिस्पर्धामा लिङदेन पक्षका धवलशम्शेर राणाले सर्वाधिक २२२१ भोट ल्याएर विजयी भए भने कमल थापा पक्षका भुवन पाठकले १८०५ भोट ल्याएर विजयी भएका छन् ।
राप्रपाको अध्यक्षमा कमल थापाले हार्दा पदाधिकारीमा थापापक्षका अधिकांश उम्मेदवार विजयी भएका छन्। कमल थापा २२७ मत अन्तरले राजेन्द्र लिङ्देनसँग पराजित भएका हुन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
