सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा ललितजंग शाही विजय भएका छन् ।
शाही संस्थापन (सभापति शेरबहादुर देउवा)समुहका हुन् । कुल खसेको ७ सय ५४ मतमध्ये ललितजंगले ४ सय २२ मत प्राप्त गरेका छन् ।
उनका प्रतिस्पर्धी भुपेन्द्रजंग शाहीले ३ सय १७ मत प्राप्त गरे भने मोतीराज बलमे ७ मत प्राप्त गरेका छन् । खसेको कुल मतसंख्यामध्ये ८ मत बदर भएको छ ।
भुपेन्द्रजंग संस्थापनइतर (वरिष्ठ नेता रामचन्द पौडेल)समुहका हुन् भने मोतीराज पार्टी उपसभापति विमलेन्द्र निधी समुहका हुन्। सभापतिबाहेकका अन्य पदाधिकारी तथा सदस्य पदको मतगणना भईरहेकाे छ ।
यसैगरी, नेपाली कांग्रेसको गण्डकी सभापतिमा शुक्रराज शर्मा विजयी भएका छन् । अन्तिम ४६ मत गन्न बाँकी हुँदै शर्मा धेरै मतान्तरका साथ विजयी भएका हुन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
