काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले प्रदेशमा अधिवेशन भइरहेको छ। प्रदेश २ बाहेक ६ वटै प्रदेशमा अधिवेशन भइरहेको छ। बिहीबार अधिवेशन उदघाटन गरिएको थियो।
शुक्रबार उम्मेदवारी दर्ता गर्ने र शनिबार मतदान गर्ने कार्यतालिका छ । सबै प्रदेशमा प्यानल बनाएर उम्मेदवारी दर्ता गरिएको छ।
कांग्रेस बाग्मती प्रदेश सभापतिका लागि तीनजनाले उम्मेदवारी दर्ता गरेका छन् । जसमा संस्थापन पक्ष शेरबहादुर देउवा समूहबाट इन्द्रबहादुर बानियाँले उम्मेदवारी दर्ता गरेका छन्। बानियाँ नेपाली कांग्रेसका बाग्मती प्रदेश संसदीय दलका नेतासमेत हुन्।
संस्थापन पक्षबाट उपसभापतिमा मदनकृष्ण श्रेष्ठ र धर्मराज गौतम, महामन्त्रीमा राजु श्रेष्ठ र तिलक रुवाली, सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ, महेन्द्र थिङ र निरु खड्का उम्मेद्वार रहनेछन् ।
पौडेल-कोइराला समूहबाट जगदीश्वरनरसिंह केसीले सभापतिमा उम्मेदवारी दर्ता गरेका छन्। संस्थापन इतर पक्षबाट उपसभापतिमा मोहन बस्नेत र राजेन्द्र बुर्लाकोटी, महामन्त्रीमा रामचन्द्र अर्याल माइकल, कचनचन्द्र बादे उम्मेदवार बन्ने भएका छन्।
सहमहामन्त्रीमा जीवन डंगोल, दिलबहादुर तामाङ र ऋषिराम घिमिरे उम्मेदवार बन्ने भएका छन्।सिटौला समूहबाट भीमसेनदास प्रधानले उम्मेदवारी दर्ता गरेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
