काठमाडौं । नेपाली कांग्रेसका युवा नेता जन्मजय तिमिल्सिना लुम्बिनी प्रदेश महामन्त्रीमा उम्मेद्वारी पक्का भएको छ ।
कांग्रेस संस्थापनको प्यानलबाट तिमिल्सिनाको उम्मेद्वारी पक्का भएको हो । लुम्बिनी प्रदेशको बर्दिया स्थायी घर भएका तिमिल्सिना नेपाल तरुण दलका पूर्व कार्यवाहक अध्यक्ष समेत हुन् ।
लामो समयदेखि तरुण दलको राजनीतिमा सक्रिय रहेका तिमिल्सिना हालसालै बर्दिया क्षेत्र नं २ को क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भएका थिए ।
तिमिल्सिना गृहमन्त्री बालकृष्ण खाणका विश्वासिलो पात्र समेत मानिदै आएका छन् । यसअघि जिल्ला सभापतिमा उम्मेद्वारी दिने भनिएतापनि प्रदेश महामन्त्रीमा संस्थापनको उम्मेद्वार बन्ने पक्का भएसँगै उनले सभापतिको दाबेदारी छाडेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
