ओलीभन्दा अष्टलक्ष्मी र गोकर्ण ‘पपुलर’

चितवन । नेकपा एमालेको १०औँ महाधिवेशनले केपी ओलीको अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको छ। चितवनमा भएको महाधिवेशनमा भएको मतदानबाट नेतृत्व चयन गरिएको हो।

अध्यक्षमा विजयी भएका ओलीले १८४० ल्याए। तर, ओलीभन्दा बढी मत ल्याएर उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य र सचिवमा गोकर्ण विष्टले मत पाएका छन्।

Advertisement

ओलीको भन्दा उनीहरूले बढी मत ल्याएर महाधिवेशनमा पपुलर मत पाएका हुन्। उपाध्यक्षमा निर्वाचित शाक्यले १९७६ र सचिवमा निर्वाचित विष्टले १९७६ मत ल्याएका छन्।

साथै ओलीभन्दा बढी मत ल्याउने पदाधिकारीमा उपाध्यक्षत्रय सुरेन्द्र पाण्डेले १९२५, सुवास नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६ र युवराज ज्ञवालीले १८४२ मत ल्याएका छन्।

साथै सचिवमा निर्वाचित योगेश भट्टराईले पनि ओलीको भन्दा बढी मत ल्याएका छन् । उनले १९६४ मत पाएका छन्।

More News last news
Loading...