कांग्रेस काठमाडौं सभापतिमा बानियाँ निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको काठमाडौं सभापतिमा कृष्णसबुज बानियाँ निर्वाचित भएका छन्। उनी यसअघि पनि काठमाडौं जिल्ला कार्यसमितिको सभापति नै थिए।

आज बिहान आएको मतपरिणामअनुसार बानियाँले सभापतिका अर्का उम्मेदवार उपेन्द्र कार्कीलाई हराएका हुन्।

Advertisement

बानियाँलाई नेता प्रकाशमान सिंह र केन्द्रीय सदस्य गगन थापाको समर्थन थियो भने कार्कीलाई सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट भीमसेनदास प्रधानको समर्थन थियो।

काठमाडौंमा नेता सिंह थापाको पकड छ। वडादेखि नै उनीहरू पक्षकाले अधिकांश स्थान जितेका थिए।

More News last news
Loading...