नेपाली काँग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी विजयी

धदिङ बेसी । सत्तारुढ दल नेपाली काँग्रेसको धादिङ जिल्ला सभापतिमा रामनाथ अधिकारी विजयी भएका छन् । उनले १०८२ मत पाएका छन् ।

काँग्रेसको जिल्ला अधिवेशन अन्तर्गत धादिङमा आइतबार (हिजो) भएको अधिवेशनबाट संस्थापन इतर पक्षबाट सभापतिमा अधिकारीसहित अधिकांश उनकै प्यानलका उमेद्वारहरु विजयी भएका हुन् ।

Advertisement

काँग्रेसको १३ औँ महाधिवेशनमा पनि सभापतिको उमेद्वार बनेका नीलकण्ठ नगरपालिकाका मेयर समेत रहेका भिमप्रसाद ढुँगाना १४ औँ महाधिवेशनमा पनि अधिकारीसँग पराजीत भएका छन् । ढुँगानाले १०४६ मत पाए ।

यसैगरी, उप सभापतिमा योगेन्द्र बहादुर मल्ल (१०६८०), दलबहादुर अधिकारी (१००६), सचिवमा रामकृष्ण पाण्डे (१०१२), विकास श्रैष्ठ (११२१), सह सचिवमा क्रान्ति डल्लाकोटी र विजय कुमार तामांगले बराबर ९९५ मत पाएका छन् ।

महाधिवेशन प्रतिनिधिमा रामकृष्ण सापकोटा (१०६६) र अस्विन लम्साल (१०७४) ल्याएर विजयी भएका हुन् ।

कुन उमेद्वारको मत कति ?

More News last news
Loading...