एमाले महाधिवेशनः सहमति नभए विद्युतीय मतदान असम्भव

चितवन । एमाले महाधिवेशनमा सर्वसम्मत केन्द्रीय कमिटीको नेतृत्व चयन नभए विद्युतीय मतदान असम्भव हुने भएको छ।

चितवनमा जारी सर्वसम्मतिको प्रयास असफल भए एमाले केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमा निर्वाचन गर्नुपर्ने हुन्छ।

Advertisement

यसका लागि निर्वाचन समितिले विद्युतीय मतदान मेसिन तयारी हालतमा राखेपनि संसोधित विधानका कारण तत्काल विद्युतीय मतदान असम्भव हुने देखिएको हो।

एमालेले विधान संसोधन अघिको केन्द्रीय पदाधिकारी र सदस्य संख्याको हिसाव गरेर मतदानको व्यवस्था गरेको थियो । तर विधान संसोधन गर्दै उपाध्यक्षसहितका पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थप भएका कारण भोटिङ मेसिनमा पुनः पदाधिकारी र केन्द्रीय सदस्यको संख्या वढाउनु पर्ने अवस्था आएको छ।

विद्युतीय मतदानको तयारीमा रहेका प्राविधिकका अनुसार थपिएका पदाधिकारी र केन्द्रीय सदस्यको संख्यासमेत समावेश गरेर तत्काल विद्युतीय मतदान गराउन असम्भव छ।

सहमति भएन र निर्वाचनमा जानुपर्ने अवस्था आएमा मतपत्र छाप्नुपर्नेछ। विद्युतीय मतदान गर्ने हो भने मतपत्र तयारीका लागि समय लाग्ने प्राविधिकहरु बताउँछन्।

More News last news
Loading...