भीम रावलले बन्दसत्र स्थल नछोड्ने, खाना पनि बाहिरबाटै प्याक गरेर लगिने

काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनको बन्दसत्र स्थल उपाध्यक्ष भीम रावलले नछोड्ने बताएका छन्। रावलले नेतृत्व विधान विपरीत जानसक्ने भन्दै बन्दसत्र स्थल नछोड्ने बताएका हुन्।

आइतबार बिहान १० बजेका लागि बोलाइएको बन्दसत्र यो समाचार तयार पार्दासम्म बेलुकीको सवा ६ बज्दासम्म सञ्चालन हुन सकेको छ । एमाले स्रोतका अनुसार बेलुकी ७ बजेबाट बन्दसत्र सुरु हुने छ।

Advertisement

अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व चयन गर्ने जिम्मेवारी दिएको थियो। अध्यक्ष ओली बिहानैदेखि आफू निकटका नेताहरूसँग सर्वसम्मत नेतृत्व चयनका विषयमा छलफल गरिरहेका छन्।

उता अध्यक्षमा उम्मेदवारी घोषणा गरेका नेता रावलले जे पनि हुनसक्ने भन्दै बन्दसत्र स्थलमै रहने बताएका छन् । उनका लागि सचिवालयले बाहिरबाट खाना प्याक गरेर लैजाने भएको छ।

अधिवेशन रोकेर विधि र पद्धति विपरीत निर्णय गर्नु गलत

नेकपा एमालेका उपाध्यक्ष रावलले पार्टीको १०औं महाधिवेशन प्रक्रियामा नजानु आपत्ति जनक रहेको बताएका छन् ।

नेता रावलले केही व्यक्तिले अन्यत्र बसेर विधि, पद्धति र निर्णय विपरीत गर्नु आपत्तिजनक तथा पार्टीको हितविरुद्धमा रहेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा रावलले लेखेका छन्, ‘एमालेको महाधिवेशन मंसिर १० देखि १२ गते सम्पन्न गर्ने र ११ गते उम्मेदवारीसम्बन्धी प्रक्रिया पूरा गरी १२ गते मतदान गर्ने पार्टी निर्णय विपरीत ११ र १२ गते दिनभरि अधिवेशनको कुनै काम नगरी केही व्यक्तिले अन्यत्र बसेर विधि, पद्धति र निर्णय विपरीत गर्नु आपत्तिजनक र पार्टी हितको विरुद्धमा छ ।’

एमालेको महाधिवेशन मंसिर १० देखि १२ गते सम्पन्न गर्ने र ११गते उम्मेदवारीसम्बन्धी प्रकिया पूरा गरी १२ गते मतदान गर्ने पार्टी निर्णय विपरीत ११ र १२ गते दिनभरि अधिवेशनको कुनै काम नगरी केही व्यक्तिले अन्यत्र बसेर विधि,पद्धति र निर्णय विपरीत गर्नु आपत्तिजनक र पार्टी हितको विरूद्धमा छ।

More News last news
Loading...