एमाले महाधिवेशनः प्रभु साहको सचिवमा दाबी, प्रदेश २ लाई प्राथमिकता दिन माग

चितवन । एमाले नेता प्रभु साहले १०औं महाधिवेशनबाट सचिव पद पाउनुपर्ने दाबी गरेका छन्। सर्वसम्मत नेतृत्व चयनको गृहकार्य भइरहेका वेला साहले सचिवमा आफ्नो दाबी पेस गरेका हुन्।

उनले केन्दीय पदाधिकारी र सदस्यमा प्रदेश २ लाई प्राथमिकता दिनसमेत माग गरेका छन्। ‘प्रभु साहले प्रदेश २ लाई प्राथमिकतामा राखेर केन्द्रीय कमिटी बनाउन जोड गर्नुभएको छ, सबैजसो प्रदेशबाट पदाधिकारी चयन हुने भए पनि प्रदेश २ बाट सम्भावना कम देखिएपछि पदाधिकारीमा प्रतिनिधित्व गराउनुपर्ने निवर्तमान अध्यक्ष केपी ओलीसँग माग राख्नुभएको छ,’ उनीनिकट एक नेताले भने।

Advertisement

ती नेताका अनुसार एमाले केन्द्रिय कमिटीलाई समावेशी र समानुपातिक बनाउन पदाधिकारी, केन्द्रीय सदस्य, स्थायी कमिटी र पोलिटव्युरोमा मधेसी समुदायलाई प्रतिनिधित्व गराउनुपर्ने मागसमेत साहले ओलीसमक्ष राखेका छन्।

माओवादी खेमाबाट आएका शीर्ष नेताहरूलाई पदाधिकारीदेखि नै समेटेमा मात्र कार्यकर्ता पंक्तिमा राम्रो सन्देश जाने विषयमा समेत ओलीको ध्यााकर्षण गराएको ती नेताले जानकारी दिए।

रामबहादुर थापा ‘बादल’लाई उपाध्यक्ष र टोपबहादुर रायमाझीलाई सचिव पद दिने लगभग पक्कापक्की भए पनि साहलाई भने मधेसी समुदायको तर्फवाट प्रतिनिधित्व गराउन सचिव दिनुपर्ने माग साह निकटका नेताहरूले गरिरहेका छन्।

More News last news
Loading...