स्याङ्जा कांग्रेसमा नवनिर्वाचित सभापति र प्रत्यासीले दिए एकताको सन्देश, कांग्रेस अझ मजबुत बनाउने प्रतिवद्धता
ङ्जा । नेपाली कांग्रेस स्याङ्जाका नवनिर्वाचित सभापति राजु थापाले आफूँ सदैव स्याङ्जाली जनताको साथमा रहेको भन्दै सदैव जनतासामु भईरहने प्रतिवद्धता जनाएका छन् ।
आज (शनिबार) सभापति निर्वाचित भएपछिको निर्वाचन परिणाम घोषणा सभालाई सम्बोधन गर्दै थापाले आफ्ना प्रत्यासी रहेका भागवत प्रकाश मल्ललाई सदैव साथमा लिएर आफूहरुमाथि मतदाताले गरेको विश्वास र आत्मसाथलाई कहिल्यै पनि टुट्न नदिने बताए ।
संविधान सभा सदस्य समेत रहेका थापाले यो आन्तरिक चुनाव भएकाले कोहि कसैको हार वा जित नभई समग्र स्याङ्जा कांग्रेसको जित भएको उल्लेख गरे । थापाले आफूँ सदैव प्रत्यासी मल्लसहित स्थानीय नेता, कार्यकर्तासँगको सहकार्यमा आगामी निर्वाचनमा स्याङ्जाका ११ स्थानीय तह, ४ प्रदेश र २ संघीय क्षेत्रमा कसरी कांग्रेसको झण्डा फहराउन सकिन्छ भन्नेमा केन्द्रित हुने समेत बताए ।
कार्यक्रममा सभापति पदमा प्रत्यासी समेत रहेका गण्डकी प्रदेश नेपाली कांग्रेस संसदीय दलका सचेतक मल्लले कांग्रेसलाई एकढिक्का बनाउन सधै थापासँग सहकार्य र सहमति गरेर अगाडी बढ्ने बताए । उनले आफूँ पराजय भएको भएपनि अन्यथा नसोचेर सदैव नवनिर्वाचित सभापति र जनताको साथमा रहने बनाए ।
मल्लले स्याङ्जा कांग्रेसमा कुनै फुट नभएको तर जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केहि नेताहरुकै कारण एकआपसमा मतभेदको अवस्था सिर्जना भएको भन्दै त्यसतर्फ सचेत हुनुपर्नेमा जोड दिए । यस्तै उनले अबको सम्पूर्ण ध्यान आगामी स्थानीय देखि संघसम्मको निर्वाचनमा लगाउनुपर्ने बताए ।
कार्यक्रममा नवनिर्वाचित सभापति थापा र मल्लले एकआपसमा अकमाल गरेर आफूहरुमा कुनै फुट नभएर एक भएको सन्देश दिएका थिए । त्यसलगत्तै नवनिर्वाचित थापा, प्रत्यासी मल्ल, नवनिर्वाचित सम्पूर्ण टिम र कार्यकर्ताहरु सहितको टोलीले स्याङ्जाको वीपी चोकमा रहेको वीपी कोइरालाको सालिकमा माल्यापर्ण समेत गरेका थिए।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
