चितवन । एमालेको १०औं महाधिवेशनअन्तर्गत जारी बन्द सत्रमा ओलीले आफ्नो पार्टीका नीतिहरूनै राष्ट्रिय नीति भएकोको बताएका छन् ।
‘आज एमालेका नीति नै राष्ट्रिय नीति हुन्। पाँच दलीय गठबन्धनले लागू गरेन भने उसको गल्ती हो। गठबन्धनको सरकारले सन्तुलित कूटनीति कायम गरेन। यो पनि उसको गल्ती हो,’ उनले भने।
प्रतिक्रियावादी र तिनका पिछलग्गुको षडयन्त्रले दूरगामी असर पारेको ओलीको आरोप छ। हामी सुखी नेपाली, समृद्धि नेपालको अभियानमा छौं। समृद्धि सामाजिक समानता, सद्भाव, राष्ट्रिय एकताको पक्षमा रहेका शक्तिसँग एकता हुन्छ। यसविरुद्धका प्रतिक्रियावादी शक्तिसँग कठोर संघर्ष गर्छौं, ओलीले भने।
विपक्षीसँग प्रतिस्पर्धा गरौं, पार्टीभित्र एकता गरौं
१०औं महाधिवेशनको बन्द सत्रमा बोल्दै ओलीले पार्टीभित्र प्रतिस्पर्धा नभइ एकता गरेर अघि वढ्नुपर्ने बताएका छन् । उनले भने ‘विपक्षीसँग प्रतिस्पर्धा गरौं, पार्टीभित्र एकता गरौं ।’
उनले पार्टीलाई एकतापूर्ण ढंगले अगाडि वढाएको भन्द नेता र कार्यकर्तालाई धन्यवादसमेत दिए । ‘म कति बाँच्छु भन्न सक्दिन, धेरैपटक मरेर बाँचेर आएको छु, तपाईहरुलाई देखेरै मलाइ निद्रा लाग्छ खाना रुच्छ र देशको भविश्य सुरक्षित देख्छु,’ ओलीले बन्द सत्रमा भने ।
१०औं महाधिवेशनको बन्द सत्रमा बोल्दै ओलीले एमालेबाट अन्य दलहरुले समेत सिक्न थालेको भन्दै एमालैकै मोडलमा एकैपटक तल्ला तहका कमिटीहरुका अधिवेशन गर्न सुरु भएको बताए ।
ऐतिहासिक जनसहभागिता र शुभेच्छामा उदघाटन सत्र सम्पन्न गरेको भन्दै ओलीले भने, ‘एउटा विशेष परिस्थिति र अवस्थाबाट अघि बढिरहेको छ । सत्ताबाट प्रतिपक्ष भएको अवस्थामा, विरोधीका जालझेल असंवैधानिक अलोकतान्त्रिक कदमले यहाँ पुग्यौं । जनताले यहाँ पुर्याएको होइन । जनमत यो होइन । अझ बढी गम्भीर चुनौती खडा भएको छ । राज्यको दुरूपयोग भएको छ । दढ भएर सामना गर्नुपर्नेछ ।’
उनले नवौं महाधिवेशनपछि संविधान निर्माण गरी जारी गर्न दलहरू एकजुट गराउन एमालेको महत्वपूर्ण भूमिका रहेको बताए । उनले महाधिवेशनपछि स्पष्ट वैचारिक दिशातर्फ अगाडि बढेको भन्दै एमालेलाई दुर्वचन बोल्ने र होच्याउने अवस्था अन्त्य भएको पनि बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
