पोखरा । नेपाली कांग्रेस कास्कीको पहिलो चरणको जिल्ला अधिवेशनबाट बाहिरिएका तीन जना उमेद्वारहरुले दोस्रो चरणमा सुदीपमोहन भट्टराईलाई समर्थन गरेका छन् ।
पहिलो चरणबाट बाहिरिएका उमेद्वारहरु आइ बहादुर गुरुङ, पोषनाथ शर्मा र गिरिराज गौतमले आज (शनिबार) संयुक्त विज्ञप्ति जारी गर्दै दोस्रो चरणमा हुने मतदानमा सभापतिका उमेद्वार सुदीपमोहन भट्टराईलाई समर्थन गर्ने बताएका छन् ।
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गन हिजो मिति २०७८ मंसिर १० गते भएको जिल्ला अधिवेशनमा पार्टीको विधान बमोजिम ५० प्रतिशन मत प्राप्त हुन नसकेकोले दोस्रो हुने सुदिप मोहन भट्टराई हामी निकटतम प्रतिद्धन्दीहरुले आज हुने दोस्रो चरणको निर्वाचनमा समर्थन गर्दै सुदिप मोहन भट्टराईकोे पक्षमा मतदान गर्न सम्पूर्ण क्षेत्रिय प्रतिनिधि ज्यू हरुलाई हार्दिक अनुरोध गर्दछौँ ।
पहिलो चरणमो निर्वानमा समापतिका उमेद्वारहरु किशोरदत्त बरालले ६४४ र सुदीपमोहन भट्टराईले ४६९ मत ल्याएका थिए । पछिल्लो चरणमा भट्टराईको समर्थन गरेका तीन जना उमेद्वारहरु आईबहादुर गुरुङले ४६२, पोषनाथ शर्माले ३३५ र गिरीराज गौतमले ६३ मत पाएका थिए ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
