आज एकैपटक ७५३ वटै स्थानीय तहमा सम्मेलन गर्दै माओवादी केन्द्र, प्रचण्डले उद्घाटन गर्ने

काठमाडौँ । सत्ता घटक नेकपा (माओवादी केन्द्र)लाई पनि आन्तरिक चुनाव लागेको छ। प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले १०औँ महाधिवेशनको उद्घाटन नै गरिसकेको र सत्तासीन नेपाली कांग्रेसजिल्ला नेतृत्व चयनमा व्यस्त रहेका बेला माओवादी केन्द्रले पनि पालिका सम्मेलन थालेको हो।

माओवादी केन्द्रले तत्कालीन नेकपा विभाजनपछि पहिलो पटक राष्ट्रिय सम्मेलन गर्न लागेको हो। आज शनिबार ७५३ वटा स्थानीय तहमा को अधिवेशन गर्ने भएको छ।

Advertisement

त्यसबाहेक सम्पर्क समन्वय समिति र विशेष समितिको पालिकास्तरीय सम्मेलन पनि हुँदैछ। पालिका सम्मेलनको माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अपराह्न १ बजे भर्चुअल’ सम्बोधन गर्ने छन्।

माओवादीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले पालिका सम्मेलनबाट प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत चयन हुने बताए। पालिका सम्मेलन २५ मंसिरमा हुनेछ।

माओवादीले १११३ पुसमा राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ।

More News last news
Loading...