कांग्रेस स्याङजाको सभापतिमा राजु थापा बिजयी, गोपालमानको एकछत्र राज भत्कियो

स्याङ्जा । नेपाली कांग्रेस स्याङजा जिल्ला सभापतिमा संविधान सभा सदस्य एवं युवा नेता राजु थापा बिजयी भएका छन् । भर्खरै सम्पन्न मतपरिणाम अनुसार थापा ३३ मत अन्तरले बिजयी भएका हुन् ।

थापाले १११७ मत पाउँदा मल्लले १०८५ मत पाए । जिल्लामा रहेको २२५७ मत मध्ये २२१८ मत खसेको थियो । जसमा १६ मत बदर भएको थियो ।

Advertisement

बिजयी भएपश्चात थापाले नयाँपुस्तासँग संक्षिप्त प्रतिक्रिया दिदैं जिल्लामा कांग्रेसलाई बलियो बनाउनका लागि सबै समूहलाई मिलायर लैजाने प्रतिबद्धता जनाए । स्याङ्जा कांग्रेसीमाझ मात्र नभई समग्र जनताहरुमाझ लोकप्रिय थापाले २०७० सालको संविधान सभा निर्वाचनमा बिजयी हुदैं करिब २० बर्षदेखि कम्युनिष्टको गणलाई भत्काउन सफल भएका थिए ।

यद्यपी कार्यसमितिमा भने मिश्रित परिणाम आएको छ । उपसभापतिमा केदार काफ्ले, शेरबहादुर थापा सचिवमा गुरु भट्टराई र दामोदर लम्साल, सह सचिवमा धुब्रबन्धु पौडेल र पृथ्वी पोखरेल निर्वाचित भए । काफ्ले, भट्टराई र पौडेल थापा प्यानलबाट चुनाव लडेका हुन् भने थापा, लम्साल र पोखरेल मल्ल प्यानलबाट चुनावी मैदानमा थिए ।

स्पष्ट केन्द्रको धार नदेखिएको स्याङ्जामा वडा तहदेखि नै पूर्वमन्त्री एवं केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ समूह र थापा समूहको प्रतिस्पर्धामा थियो ।

थापालाई सभापतिमा स्याङ्जाको राजनीतिमा प्रभाव पार्न सक्ने दर्जन वढी नेताहरुले साथ दिएका थिए । थापा केन्द्रमा देउवा निकट मानिएतापनि स्याङ्जा कांग्रेसलाई सबल र सृदृढ बनाउने एजेण्डासहित एक ढिक्का बनाएर लैजानका लागि जिल्लामा भएका अन्य विभिन्न गुटहरुलाई समेत एक बनाएर चुनावी मैदानमा थिए । मल्ल भने कांग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ निकट भनेर चिनिन्छन् ।

थापाले जिल्ला सभापतिमा चुनाव जितेसँगै स्याङ्जामा लामो समयदेखि एकछत्र राज गरेका कांग्रेस केन्द्रीय सदस्य श्रेष्ठको वर्चस्व सकिएको थापा निकट नेताहरुको भनाइ छ । वडा तहदेखि जिल्ला तहसम्मको राजनीतिमा थापा समूहले वर्चस्व कायम राख्दा श्रेष्ठ समूह अधिकांश स्थानमा ‘क्लिन स्विप’ भएको छ ।

जिल्ला कार्यसमितिमा पनि थापा समूहले अग्रता कायम गरेको छ, यद्यपी मतगणना अन्तिम चरणमा छ ।

More News last news
Loading...