काठमाडौँ । नेकपा (एमाले)को १० औँ महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ। चितवनको नारायणी नदी किनारमा १० औँ महाधिवेशनको उद्घाटन सत्रमा सरिक हुन देशभरबाट नारायणी नदी किनारमा महाधिवेशन पदाधिकारी, नेता तथा कार्यकर्ताहरुको ठूलो संख्यामा भीड लागेको छ।

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपालको राष्ट्रिय झन्डा, पार्टीको चिह्न तथा चुनाव चिह्न अंकित तीनवटा झन्डाहरू सँगै झन्डोत्तोलन गरेर उद्घाटन गरेका छन्।

उनले झन्डोत्तोलन गरे लगत्तै महाधिवेशनको मस्कटको पनि औपचारिक अनावरण गरेका थिए। मस्कट अनावरण गरेपछि ओलीले मञ्चको अघिल्तिर बसेका कार्यकर्ताहरुबाट अभिवादन समेत ग्रहण गरेका थिए।

उद्धघाटन कार्यक्रममा भारतलगायत विभिन्न छिमेकी मुलुकबाट समेत प्रतिनिधिको सहभागिता रहेको छ। यस्तै, नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबाहदुर देउवा लगायत अन्य पार्टीका नेताहरुको समेत सहभागिता रहेको छ।

उद्घाटन सत्रमा बोल्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरूलाई सानातिना अन्तरविरोधमा नअल्झिन आग्रह गरेका छन्। आगामी कार्यकालका लागि नेतृत्व चयन गर्न र त्यसका लागि सबै नेताहरू एकताबद्ध भएर अगाडि बढ्न ओलीले आह्वान गरेका हुन्।









![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
