चितवन । एमाले अध्यक्ष केपी ओलीले हिजो आफ्नो खुट्टा तान्नेहरू अहिले प्रधानमन्त्री शेरबहादुर देउवाको खुट्टा समाइरहेको बताएका छन्।
ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै त्यस्तो बताएका हुन्। केही दिनअघि प्रचण्डले आफू प्रधानमन्त्री नभए पनि प्रधानमन्त्री जस्तै भएको अभिव्यक्ति दिएका थिए।
प्रचण्डको सोही अभिव्यक्तिलाई लक्षित गर्दै ओलीले भने, ‘आफू प्रधानमन्त्री नभए पनि देउवा नेतृत्वको सरकार आफ्नो हातमा रहेको र कठपुतली जस्तै नचाइरहने बताउन थालेका छन्।’
उनले प्रधानमन्त्रीले चाहेर पनि मन्त्रीहरूकै असहयोगका कारण राम्रो काम गर्न नसक्ने दाबी गरे। हिजो आफूलाई काम गर्न नदिनेहरू अहिले प्रधानमन्त्रीको खुट्टा समाउन लागिपरेको उल्लेख गरे।
ओलीले शान्ति प्रक्रियालाई सही ढंगले टुंगो लगाउन सहयोग गर्ने भन्दै यसलाई टुंगोमा लैजान आग्रह पनि गरे। उनले हजारौं पूर्वलडाकूलाई आफ्नो पार्टीमा प्रवेश गराउनेसमेत उद्घोष गरे। माओवादी केन्द्रका नेताकै कारण शान्ति प्रक्रिया टुंगोमा पुग्न नसकेको ओलीले आरोप लगाए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
