स्याङ्जा कांग्रेसको चुनावी मैदानमा थापा र मल्ल, थापालाई दर्जन वढी नेताको साथ !

कसको सम्भावना कति ?

स्याङ्जा । नेपाली कांग्रेस स्याङ्जाको सभापतिका लागि स्याङ्जा कांग्रेसका दुई हस्तिहरु भिड्ने पक्का भएको छ । शुक्रबार (भोली) गते हुने जिल्ला अधिवेशनको लागि युवा नेताद्वय राजु थापा र भागवत प्रकाश मल्ल प्यानलसहित चुनावी मैदानमा छन् ।

स्याङ्जा कांग्रेसीमाझ मात्र नभई समग्र जनताहरुमाझ लोकप्रिय थापा संविधान सभा सदस्य समेत हुन् । थापाले २०७० सालको संविधान सभा निर्वाचनमा साविकको स्याङ्जा क्षेत्र नं १ बाट बिजयी मात्र भएका थिएनन्, करिब २२ बर्षदेखि एकछत्र राज गरेको कम्युनिष्टको किल्लालाई ढलाएका थिए ।

Advertisement

त्यसबेला केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गोपालमान श्रेष्ठले समेत उक्त क्षेत्रमा बिजयी हासिल गर्न नसकेको समयमा थापा बिजयी भएपश्चात गरेका बिकास निर्माणका कार्यलाई सबैले मुक्तकण्ठले प्रशंसा गरेका छन् । २०७४ सालमा पनि थापाले चुनाव जित्ने सम्भावना छ भनेर सर्वसम्मत टिकट दिईएको भएपनि कम्युनिष्टहरु एक भएकाले थापा पराजीत हुन पुगेका थिए ।

त्यसो त, तरुण दलको राजनीति गर्दै कांग्रेसको राजनीतिमा प्रवेश गरेका मल्ल पनि युवामाझ लोकप्रिय नाम हो । स्याङ्जा कांग्रेसका नेता स्व: गजेन्द्र प्रकाश मल्लका छोरा समेत रहेका मल्ल हाल नेपाल तरुण दलको जिल्ला अध्यक्ष समेत हुन् । उनी २०७४ सालको निर्वाचनमा स्याङ्जा क्षेत्र नं २ (ख) बाट गण्डकी प्रदेश सभा सदस्यमा कांग्रेसको प्रतिनिधित्व गर्दै जिल्लाबाट एक मात्र प्रत्यक्ष निर्वाचित भएपछि उनको लोकप्रियता वढेको हो ।

केहि समय पहिलासम्म राजनीतिक सहकर्मी भएर जिल्लामा एक भएका थापा र मल्ल अहिले एक अर्काका प्रतिस्पर्धी हुन पुगेका छन् । स्रोतका अनुसार मल्ललाई राजनीतिमा ल्याउन थापाले ठुलो भूमिका खेलेका छन्, भने मल्लले पनि थापालाई सहयोग गर्दै आएका छन् । थापाले मल्ललाई तरुण दलको जिल्ला अध्यक्ष बनाउनका लागि मात्र नभई प्रदेश सभाको टिकट दिनका लागि समेत महत्वपूर्ण भूमिका खेलेका थिए ।

पूर्व उपसभापति समेत भईसकेका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले जिल्लामा एकछत्र राज गर्न र सधै आफ्नो वर्चस्व कायम राख्नकै लागि यसरी यी २ समूहलाई टुटाएको कतिपयको बुझाई छ । तर नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आजसम्मको परिस्थिीतिलाई हेर्ने हो जिल्लामा श्रेष्ठ स्वंयको स्थिती कमजोर बन्दै गएको कतिपयको बुझाई छ ।

श्रेष्ठकै लागि भनेर बर्षोदेखि जिल्लामा राजनीति गरेर हिडेकाहरुले समेत उनको बिषयमा टिकाटिप्पणी मात्र गर्न थालेका छैनन्, उनको खुलेआम विरोधमा समेत उत्रन बाध्य भएका छन् । वडा तहदेखि क्षेत्रसम्म मात्र नभई श्रेष्ठ समूहका विश्वासिला पात्र मानिनेहरुले नै महाधिवेशन प्रतिनिधि जित्न नसकेपछि उक्त गुटमा तरंग पैदा भएको छ । स्रोतका अनुसार हालसालै उनकै समूहको एक टोलीले ‘तपाईकै कारण जिल्लामा चुनाव हारियो’ भनेर श्रेष्ठसँग भनाभन समेत भएको थियो ।

२०७० सालको संविधान सभाको चुनावको बेलामा थापालाई टिकट नदिन श्रेष्ठले कांग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवालाई सुल्झाएका थिए । यद्यपी, आफ्नै सम्बन्ध स्थापित गर्दै देउवाको विश्वासिलो पात्र बनिसकेका थापाले टिकट ल्याए र चुनाव जितेपनि ।

त्यसपछि बिग्रदै गएको थापा र श्रेष्ठको सम्बन्धले जिल्लामा उग्र रुप लियो । टिकट नदिनका लागि देउवालाई सुल्झाउँदा श्रेष्ठलाई थर्काउन समेत पछि नपरेका थापालाई यसपटक जिल्ला सभापतिमा हराउने र मल्ललाई सभापतिमा ‘सेट’ गर्ने दाउ श्रेष्ठको छ ।

गण्डकी प्रदेश सरकार बिस्तारका बेलामा आफूलाई मन्त्री नबनाएर आफ्नै पूर्व स्वकीय सचिव समेत रहेका गण्डकी प्रदेश समानुपातिक सांसद मेखलाल श्रेष्ठलाई मन्त्री बनाउँदा मल्ल गोपालमानसँग केहि चिसिएका थिए, तर जसरी पनि आफ्नो गुटबाट जिल्ला सभापतिको उम्मेद्वार बनाउने भन्दै मल्ललाई मिलाएका थिए ।

जिल्लामा रहेको गुटबन्दी र श्रेष्ठको एकछत्र नाताबादको राजनीति अन्त्यसँगै समग्र जिल्लामा कांग्रेसको झण्डा गाड्न थापा चाहान्छन् भने जिल्लामा सधै आफू नै नेता बनिरहन र आफ्नो पुरानो वर्चस्व कायम राख्न श्रेष्ठ चाहान्छन् । केन्द्रीय राजनीतिमा संस्थापन, इतर, तेश्रो गुट आदि इत्यादी समूह भएपनि स्याङ्जामा वडा तहदेखि खासगरी एकै समूहबाट अस्तित्वको लडाई देखिएको पाइन्छ ।

स्याङ्जा कांग्रेसमा झनै तरगं, का.बा. सभापति पराजीत

हालसालै सम्पन्न क्षेत्रीय अधिवेशनबाट जिल्ला तहका केहि शिर्ष नेताहरुले पराजय भोगेपछि स्याङ्जा कांग्रेसमा झनै तरगं उत्पन्न भएको छ । तत्कालीन पार्टी सभापति कमल प्रसाद पंगेनीको निधन पश्चात तत्कालीन सचिव रहेका कुमार रानालाई कार्यबहाक सभापतिको जिम्मेवारी दिईएको थियो ।

अहिलेको १४ औं महाधिवेशनमा श्रेष्ठ समूहबाट चुनाव लडेका का.बा. सभापति सहित केहि नेताहरु पराजीत हुन पुगे । क्षेत्र नं १ मा श्रेष्ठ समूहको ‘क्लिन स्विप’ भयो भने क्षेत्र नं २ मा श्रेष्ठ समूहको वर्चस्व रह्यो । क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य मोहनप्रसाद पाण्डे, राष्ट्रियसभाका पूर्वसांसद एवं पूर्वजिल्ला सभापति खगेन्द्रराज रेग्मी, पूर्व नगरप्रमुख भोजराज अर्याल लगायतले पराजय भोगे ।

कुन उमेद्वारलाई क-कसको साथ ?

स्रोतका अनुसार क्षेत्र नं २ मा पराजय भोगेका केहि स्थानीय नेताहरुले थापालाई जिल्ला सभापतिमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । वालिङ नगरपालिकाकी उपमेयर समेत रहेकी नेतृ कल्पना तिवारीले थापालाई सभापतिमा सहयोग गर्ने छिन् । उनी केन्द्रमा रामचन्द्र पौडेल निकट मानिन्छिन् ।

जिल्लाको सभापति पदमा तिवारी पनि आकाँक्षी थिईन् तर उनले पनि थापालाई सहयोग गर्ने भएकी छिन् । यस्तै, पूर्व नगर प्रमुख अर्यालसहित, वालिङ नगर सभापति नेत्र पान्डे, भीरकोट सभापति लक्ष्मण अधिकारी, कांग्रेस नेता केदार काफ्लेले लगायतले थापालाई सहयोग गर्ने छ । पाण्डेलाई थापाले जिल्ला उपसभापतिका लागि आफ्नै टिममा राखेका छन् ।

यसका साथै स्याङ्जाको राजनीतिमा महत्वपूर्ण छाप पार्न सक्ने व्यवसायी एवं नेता खुमा अर्याल, पुराना नेता खगेन्द्र रेग्मीले समेत थापालाई सहयोग गर्ने स्रोतको दाबी छ । यस्तै क्षेत्र नं २ कै नेपाल विद्यार्थी संघका महामन्त्री समेत रहेका युवराज पाण्डेय र गल्याङ नगरपालिकाको भोटमा पकड राख्ने युवा नेता तथा नेबिसंघ पूर्व जिल्ला सभापति समेत रहेका गुरु प्रसाद भट्टराई थापाको प्यानलबाट जिल्ला सचिवमा उम्मेद्वारी दिएका छन् ।

थापाले आफू कमजोर रहेको क्षेत्र नं २ बाट वढी मत प्राप्त गर्ने रणनीतिका साथ क्षेत्र नं २ का कांग्रेसीहरुको समेत चित्त बुझाएर टिम ‘सेट’गरेका छन् । यी नेताहरु जिल्लाको राजनीतिमा प्रभाव पार्न सक्ने भएकाले थापालाई सहज हुने अनुमान गरिएको छ ।

यता, वालिङ नगरपालिका मेयर एवं क्षेत्र नं २ का नवनिर्वाचित सभापति दिलिप प्रताप खाँण, चापाकोट नगरपालिकाका मेयर शिव गिरी लगायतका केहि नेताले भने मल्ललाई सहयोग गर्ने छन् । क्षेत्र नं १ मा हार व्यहोरेको श्रेष्ठ समूहले भने मल्ललाई सहयोग गर्ने छ । यद्यपी नदेखिएको क्षेत्रीय अधिवेशनले देखाईसकेको छ ।

क्षेत्र नं १ बासी रहेका थापा क्षेत्र नं २ बासी रहेका मल्लले महाधिवेशन प्रतिनिधि पदमा पहिलो नम्बरमा बिजयी हासिल गरेका थिए । तुलनात्मक रुपमा स्याङ्जा क्षेत्र नं १ मा भन्दा क्षेत्र नं २ मा केहि मत वढी छ । त्यसको फाइदा मल्ललाई पुग्ने देखिएपनि महाधिवेशन प्रतिनिधि पदमा बिजयी हुँदा थापा र मल्लले पाएको मतमा खासै अन्तर देखिन्न । मल्लले ८५२ मत पाउँदा थापाले ८२३ मत पाएका थिए ।

तत्कालीन पार्टी सभापति कमल प्रसाद पंगेनीको निधन पश्चात भद्रगोल बनेको स्याङ्जा कांग्रेसलाई पुनः पुरानै गति दिनका लागि थापाको जित अपरिहार्य रहेको धेरै कांग्रेसीजनको बुझाई छ । थापाले उनकै बिरासत र उनको बिकासप्रेमी नीतिलाई अगालेर जिल्लामा बिकासप्रेमी नेताका रुपमा परिचित हुन सफल भएका छन् । दुई निर्वाचन क्षेत्र भएको स्याङ्जामा क्षेत्र नं १ मा १०३० र क्षेत्र नं २ को १२४२ गरी २२७२ मत रहेको छ।

More News last news
Loading...