काठमाडौँ । नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत ‘काँग्रेस गण्डकी प्रदेश समिति’को सभापतिमा देवराज चालिसेले उम्मेदवारी घोषणा गरेका छन् । बुधबार पोखरामा पत्रकार सम्मलेन आयोजना गरेर चालिसेले उम्मेदवारी घोषणा गरेका हुन् ।
‘पार्टी सुदृढीकरण, सवल र सक्षम नेतृत्वका लागि आफ्नो उम्मेदवारी’ रहेको नेता चालिसेले बताए। उनले चुनाव जित्ने आत्माविश्वासका साथ आफुले उम्मेदवारी दिएको पनि सम्मेलनमा बताए।
चालिसेले कांग्रेस पार्टीलाई व्यवस्थित बनाउँदै नेपालको समग्र क्षेत्रको बिकासको लागि आफ्नो उम्मेद्वारी रहेको बताए। चालिसेले अबको कांग्रेस विकास, समृद्धिसँगै सेवामा अग्रसर हुने पार्टी बन्नुपर्नेमा जोड दिएक थिए । शिक्षा सेवासंगै काँग्रेसबाट राजनीति गरेका चालिसेले उम्मेदवारी घोषणा गर्दै सम्पूर्ण मतदाताबाट उचित मुल्यांकन, सहयोग र सुझावसहित मत प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताएका छन्।
सोमबार सम्पन्न प्रतिनिधि छनोटमा कास्की क्षेत्र नम्वर २ बाट विजयी भएका चालिसेले उम्मेदवारी दिएका हुन्। गण्डकी प्रदेश समिति सभापतिको योजना अनुसार नेता चालिसेले महाधिवेशन प्रतिनिधिमा ३२३ मत प्राप्त गरेका थिए । उनी प्रतिनिधिमा धेरै मत ल्याउनेमा दोश्रो नम्बरमा आएका थिए ।
चालिसेले निर्वाचित भएलगत्तै प्रदेश सभापतिका लागि तयारी थालेका हुन्। १० गते हुने जिल्ला सभापतिका लागि कास्कीमा कसैले औपचारिक घोषणा गरिसकेका छैनन् । चालिसेले भने १६ गते हुने प्रदेश कमिटी सभापतिको लागि बुधबार बिहार्नै उम्मेदवारी घोषणा गरेर चुनावमा होमिएका हुन् ।
चालिसे नेविसंघ कास्की अध्यक्ष, नेविसंघ केन्द्रीय कार्यवाहक अध्यक्ष हुँदै कांग्रेस राजनीतिमा प्रवेश गरेका हुन् । बौद्धिक र तार्किक नेताका रुपमा चिनिएका चालिसे पृथ्वीनारायण क्याम्पसमै विद्यार्थी राजनीति गरेर कास्कीमा चिनिएका थिए ।
०४९ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्ववियु सभापति बनेका थिए । यस्तै कांग्रेस प्रदेश सभापतिमा कास्कीबाटै नेताहरु शुक्रराज शर्मा र यज्ञबहादुर थापा लगायत पनि आकांक्षी छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
