अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको सभापतिमा केशव श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले कुल १ हजार ४ सय १८ मतमध्ये ७ सय ३१ मत प्राप्त गरे।
उनका निकटतम प्रतिद्वन्द्वी इन्द्रमणि पौडेलले ३ सय ५२ मतमै चित्त बुझाए । अर्का प्रत्यासी यादवप्रसाद घिमिरेले ३ सय ९ मत पाए । २७ मत बदर भएको छ ।
पौडेल पक्षीय श्रेष्ठ सभापतिमा निर्वाचित हुँदा शेरबहादुर देउवा पक्षीय घिमिरेले सबैैभन्दा कम मत प्राप्त गरेका हुन् ।
देउवा पक्षका केन्द्रीय सदस्य पुष्पा भुसाल र मानबहादुर विश्वकर्माले घिमिरेलाई उम्मेदवार बनाएका थिए । श्रेष्ठलाई पौडेल पक्षका डा। रामबहादुर बिसीलगायतका नेताको समर्थन थियो ।
सिरहाका १० स्थानीय तहमा कांग्रेसको सर्वसम्मत नेतृत्व
नेपाली कांग्रेसको १४औँ अधिवेशन अन्तर्गत सिरहाका १० स्थानीय तहको नेतृत्व सर्वसम्मत चयन भएको छ।
सिरहाका १७ स्थानीय तहमध्ये तीन गाउँपालिका र सात नगरपालिकाका पदाधिकारी सर्वसम्मत चयन भएका हुन्। लहान र धनगढीमाई नगरपालिको निर्वाचन भइरहेको छ भने बाँकी पालिकामा सर्वसममतको प्रयास भइरहेको जिल्ला सचिव पन्चलाल महतोले जनाएको छ।
अधिवेशनले सिरहा नगरपालिका सभापतिमा अषिशलाल यादव, गोलबजार नगरपालिकामा राजदेव साह ‘ लालबाबु’, मिर्चैया नगरपालिकामा रमेश न्यौपाने, कल्यानपुर नगरपालिकामा कृष्णा साह, कर्जन्हा नगरपालिकामा मानबहादुर पाण्डे सर्वसम्मत चयन गरेको छ।
लक्ष्मीपुर पतारी गाउँपालिकामा विद्यानन्द साह, भगवानपुर गाउँपालिकामा सुभास यादव, नवराजपुर गाउँपालिकाा मदन यादव, बरियारपट्टि योगेन्द्र यादव र नरहा गाउँपालिकामा कमल प्रसादमण्डल चयन भएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
