तनहुँ । नेपाली कांग्रेस क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा चुडामणी खनाल निर्वाचित भएका छन् ।
भर्खरै सम्पन्न मतपरिणाम अनुसार प्रतिद्वन्द्वी कृष्ण पण्डितलाई ५१ मतले पराजीत गर्दै खनाल क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन् ।
खनालले ४४७ मत पाउँदा पण्डितले ३९६ मात्र मत पाए । यस्तै, सचिबमा खनाल प्यानलकै जीवन चन्द ठकुरी र सन्तोश घिमिरे बिजयी हुँदा सहसचिवमा यामबहादुर थापा सरु र चित्र बहादुर राना बिजयी भए।
नेपाल बिद्यार्थी संघ तनहुँका अध्यक्ष समेत रहेका खनाल निवर्तमान क्षेत्रीय सचिव समेत हुन्। उनी यसअघि १३ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि पदमा समेत निर्वाचित भएका थिए।
खनाललाई कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारी, केन्द्रीय सदस्य गोबिन्द भट्टराई, आमन्त्रित केन्द्रीय सदस्य धुब्र वाग्ले र कार्यबहाक सभापति जीत प्रकाश आले लगायतले समर्थन गरेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
