काँग्रेस महाधिवेशनः कास्की क्षेत्र नम्बर ३ मा मनोज गुरुङ निर्वाचित

पोखरा । नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत भएको कास्की क्षेत्र नम्बर ३ को निर्वाचमा मनोज गुरुङ निर्वाचित भएका छन् ।

उनले ३ सय ८३ मत ल्याउँदा प्रतिस्पर्धी खीमलाल बास्तोलाले ३ सय १७ मत ल्याए। सचिवमा लेखबहादुर तामाङ र लक्ष्मीप्रसाद पौडेल विजयी भए।

Advertisement

उनीहरुले क्रमश ३ सय ४३ र ३ सय २७ मत पाए। सहसचिवमा शीतल अधिकारी र आइन्दल गुरुङ निर्वाचित भए । उनीहरुले क्रमश ३ सय ६५ र ३ सय ३४ मत ल्याए।

सदस्यहरुमा लीला तिमिल्सिना, तीर्थबहादुर थापा मगर, दानबहादुर थापा, गंगा गिरी, देउकाजी गुरुङ, पद्मराज पौडेल, खीमलाल पहारी, निर्मला अधिकारी, एकनारायण गौतम, गोपालप्रसाद पराजुली, राधादेवी गुरुङ, आशबहादुर गुरुङ, भरतबहादुर विक, शोभाखर अधिकारी विजयी भएका छन्।

More News last news
Loading...