काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज मंगलबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
एमालेले सोमबार स्थायी कमिटी डाकेको थियो। तर नेताहरुको कार्यव्यस्तता भन्दै बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो।
एमालेको १०औँ महाधिवेशनको तीन दिन अघि स्थायी कमिटी बस्न लागेको हो। बैठकले महाधिवेशन प्रतिनिधि मनोनयन गर्ने नेता तामाङले जानकारी दिए। एमाले महाधिवेशन १०/१२ मंसिरमा चितवनमा हुँदैछ।
विधानअनुसार कुल महाधिवेशन प्रतिनिधिको पाँच प्रतिशत मनोनित गर्न सकिने व्यवस्था छ। यसरी करिब एक सयको हाराहारीमा महाधिवेशन प्रतिनिधि मनोनित हुनेछन्।
बैठकमा महाधिवेशनको तयारी र व्यवस्थापकीय कामबारे छलफल हुनेछ। यसैबीच एमाले अध्यक्ष केपी ओलीले आज नै पत्रकार सम्मेलन गर्दैछन्।
महाधिवेशन केन्द्रित रहेर ओलीले दिउँसो २ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
