मन्त्री चौधरी निर्विरोध निर्वाचित, रुपन्देही प्रतिनिधि सभा ३ को कांग्रेस निर्वाचन स्थगित

दाङ । दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिमा पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्ली बहादुर चौधरी निर्विरोध निर्वाचित भएका छन् ।

थारु कोटाबाट उम्मेदवार बनेका चौधरीको मात्रै उम्मेदवारी परेपछि उनी महाधिवेशन प्रतिनिधिमा निर्विरोध भएका हुन् । त्यस्तै थारु महिना कोटाबाट कल्पना चौधरी निर्विरोध निर्वाचित भएकी छन् । क्षेत्र नम्बर ३ मा एक सयभन्दा बढी थारु प्रतिनिधि चुनिएका छन् ।

Advertisement

त्यसै गरेर ऊर्जा जलस्रोत तथा सिँचाई राज्य मन्त्री अर्जुनकुमार श्रेष्ठ आदिवासी जनजातिको कोटाबाट महाधिवेशन प्रतिनिधि चुनिएका छन् । उनी पनि निर्विरोध निर्वाचित भएका हुन् ।

त्यसै गरेर आदिवासी जनजाति कोटाबाट नै नेपाली कांग्रेस दाङका कोषाध्यक्ष सावित्रा राना पनि निर्विरोध निर्वाचित भएकी छन् । अन्य सबै पदमा निर्वाचन हुने भएको छ ।

रुपन्देही प्रतिनिधि सभा ३ को कांग्रेस निर्वाचन स्थगित

विवादपछि नेपाली कांग्रेस रुपन्देहीको प्रतिनिधि सभा क्षेत्र नम्बर तीनको मतदान प्रक्रिया रोकिएको छ । ५० मत परिसकेपछि कांग्रेसको रामचन्द्र पौडेल पक्षले बहिष्कार गरेपछि मतदान प्रक्रिया रोकिएको हो ।

देउवा पक्षले भने मतदान प्रक्रिया अघि बढाउन माग गरिरहेको छ । प्रमुख निर्वाचन अधिकृत जीवनारायण अधिकारीले एक पक्षले बहिष्कार गरेपछि अनिश्चितकालका लागि निर्वाचन प्रक्रिया रोकिएको बताएका छन् ।

More News last news
Loading...