जनकपुरधाम । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले नेपाली कांग्रेसका प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
सोमबार निवासमा पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री यादवले उक्त घोषणा गरेका हुन्। कांग्रेसका प्रदेश २ का संसदीय दलका नेतासमेत रहेका मन्त्री यादवले पार्टीलाई बलियो बनाउन तथा निर्वाचनमा राम्रो परिणाम ल्याउने लक्ष्यसहित आफूले प्रदेश सभापतिमा उम्मेदवारी दिन लागेको बताए।
प्रदेश सभापतिमा विजयी भएपछि आफूले ८ कट्टा जग्गामा सुविधा सम्पन्न प्रदेश भवन बनाउने मन्त्री यादवले प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।
१४ वर्षसम्म नेपाली कांग्रेस धनुषाका सभापति रहिसकेका मन्त्री यादवले पाँच जिल्ला विकास धनुषाका सभापति रुपमासमेत बसेका थिए।
कांग्रेसका उपसभापति बिमलेन्द्र निधी निकट मन्त्री यादवलाई प्रदेश सभापति उम्मेदवारी दिएपछि प्रदेश २ का निधीको समीकरण बिग्रिने जानकारहरूको भनाई छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
