शौचालय जाँदा लडेर वडाध्यक्षको ज्यान गयो

बुटवल । शौचालय जाने क्रममा लडेर बुटवलमा वडाध्यक्षको ज्यान गएको छ। बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष लालप्रसाद बस्यालको शौचालय जाँदा लडेर सोमबार अपराह्न मृत्यु भएको हो।

लडेर गम्भीर घाइते भएका बस्याललाई उपचारका लागि बुटवलस्थित सिद्धबाबा अस्पतालमा लगिएको थियो। तर, अस्पतालले उनलाई मृत घोषणा गरेको छ।

Advertisement

अचेत अवस्थामा अस्पताल पुर्‍याइएका ७३ वर्षीय बस्याललाई चिकित्सकले मृत घोषणा गरेको वडा नम्बर ३ का वडा सदस्य लीला श्रेष्ठले जानकारी दिए।

उनको शव बुटवल गोलपार्कस्थित निवासमा राखिएको थियो। उनी क्यान्सरका रोगी भएको बताइएको छ। बस्याल स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

More News last news
Loading...