कांग्रेस महाधिवेशनः तनहुँबाट जो सर्वसम्मत भइसके

तनहुँ । नेपाली कांग्रेस तनहुँको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन अगावै केही पदमा भने निर्विरोध नेतृत्व चयन भइसकेको छ। आइतबार उम्मेदवारी दर्ताको बेलामै केही पदाधिकारी निर्वारोध चयन भएका छन्। आवश्यक संख्याभन्दा बढीको उम्मेदवारी नपरेपछि उनीहरू निर्वारोध निर्वाचित भएका हुन्।

क्षेत्र नम्बर १ को क्षेत्रीय कार्यसमितिको महिला सदस्य खस आर्यमा कल्पना भकुण्डी, दलित सदस्यमा लक्ष्मी परियार, मुस्लिम, अल्पसंख्यक, अपांग सदस्यमा प्रकाश राउत सर्वसम्मत निर्वाचित भएका छन्।

Advertisement

प्रदेश सभा (क) महिला सदस्यमा मधु दमाई, अन्य सदस्यमा पविन्द्र भट्टराई, जमिर हुसेन, प्रदेश सभा (ख) महिला सदस्यमा इन्द्रमाया थापा मगर, अन्य सदस्यमा गोविन्द गिरी र रामभक्त भट्टराई सर्वसम्मत भएका हुन्।

महाधिवेशन प्रतिनिधिमा खस आर्य महिलामा पवित्रादेवी पौडेल सर्वसम्मत भएकी छन्। उनी जिल्ला समन्वय समिति तनहुँकी उपप्रमुख पनि हुन्। यीबाहेक अरु पदमा मतदान जारी छ। क्षेत्र नम्बर १ मा ९५४ जना मतदाता छन्।

क्षेत्र नम्बर २ मा सदस्यमा प्रत्यक्ष महिलातर्फ कुमारी राना, मुस्लिम, अल्पसंख्यक तथा अपांगतर्फ सौरभ कोइराला सर्वसम्मत निर्वाचित भएका छन्।

यस्तै, प्रदेश सभा (ख) महिला सदस्यमा याममाया थापा, अन्य सदस्यमा रामबहादुर राना र बुद्धीमान राना निर्विरोध भएका छन्। यो क्षेत्रमा ८६१ जना मतदाता रहेको निर्वाचन समितिले जनाएको छ।

More News last news
Loading...