धनकुटा । नेपाली कांग्रेस धनकुटा प्रदेशसभा ‘क’ क्षेत्रीय सभापतिमा जितेन्द्र रुम्दाली राई निर्वाचित भएका छन् ।
सोमबार बिहान सार्वजनिक मतपरीणाम अनुसार जितेन्द्रले निकटतम प्रतिस्पर्धी मोहन बान्तवा राईलाई ५१ मतान्तरले पराजित गरे। जितेन्द्रले २ सय ८३ मत पाउँदा मोहनले २ सय ३२ मतमै चित्त बुझाए।
उपसभापतिमा नगेन्द्र राई र मिलन खड्गी, सचिवमा नगेन्द्र बहादुर तामाङ (जीवन), सहसचिवमा टंकप्रसाद थापा र यम कुमार श्रेष्ठ निर्वाचित भएका छन्।
कोषाध्यक्ष निर्वाचित समितिबाट मनोनित गर्ने कांग्रेसको विधानमा उल्लेख छ। प्रदेशसभा (क) मा निर्वाचित पदाधिकारीमा उपसभापति नगेन्द्र राई रामचन्द्र पौडेल पक्षका हुन् भने बाँकी सबै पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन्।
प्रदेश अधिवेशन प्रतिनिधिमा खुलातर्फ पदमबहादुर राई, धनबहादुर खड्का, भुपेन्द्र भण्डारी, दिनेश राई आठपहरिया, ईश्वरीप्रसाद सुवेदी, रोहिणी पाण्डे र राजेश्वर बहादुर श्रेष्ठ निर्वाचित भएका छन्। राई, खड्का, भण्डारी, आठपहरिया र श्रेष्ठ देउवा पक्षका हुन् भने सुवेदी र पाण्डे पौडेल पक्षका हुन्।
महिलातर्फ सावित्री देवि श्रेष्ठ, हिमा चेम्जोङ र मुनादेवि पोख्रेल चयन भएका छन्। आदिवासी महिलातर्फ पुजन लिम्बू र कुसुम जोशी निर्वाचित भएका छन्। जनजातितर्फ लाखमान राई, यमप्रकाश मगर (दिपक) र साजन राई निर्वाचित भएका छन्। दलिततर्फ दुर्गा विक निर्वाचित भएकी छन्।
जिल्लाको अधिवेशन आज, यी हुन् आकांक्षी
धनकुटाको जिल्ला अधिवेशन आज सोमबार हुँदैछ। जिल्ला सभापतिमा वर्तमान कोषध्यक्ष दिनेश राई, अघिल्लो निर्वाचन पराजित कमोट फागो र नेपाल विद्यार्थी संघ धनकुटाका सभापति बालान्द दाहाल रहेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
