स्याङ्जा क्षेत्र नं १ को सभापतिमा थापा समूहका रेग्मीको पल्लाभारी !

स्याङ्जा । नेपाली कांग्रेस स्याङ्जाको क्षेत्रीय अधिवेशनमा क्षेत्र नं १ को सभापतिको लागि तुलसी रेग्मीले उम्मेद्वारी दिएका छन्।

स्याङ्जाको समग्र राजनीतिमा लामो समयदेखि संघर्षरत रेग्मीलाई एक जुझारु र निष्ठाका नेताका रुपमा चिनिन्छ। २०३६ सालदेखि राजनीतिमा सक्रिय रेग्मीले यसअघि २ पटकसम्म उक्त क्षेत्रको कांग्रेस हाकिसकेका छन्।

Advertisement

उक्त क्षेत्रको राजनीतिमा राम्रो प्रभाव जमाउन सफल रेग्मी तेश्रो पटक पनि क्षेत्रको प्रमुख भएर पार्टी चलाउन र आफूले अघिल्ला कार्यकालमा गर्न नसकेका यावत कामहरु सम्पन्न गर्नका लागि आफू योग्य उम्मेद्वार रहेको उनको भनाइ छ।

आम कांग्रेसीमाझ निकै लोकप्रिय र जनताका काममा अग्रसर भएकै कारण उनी पुनः क्षेत्रीय सभापतिमा बिजयी हुनेमा स्याङ्जा क्षेत्र नं १ का धेरै कांग्रेसीहरु ढुक्क देखिन्छन्।

स्याङ्जाको राजनीतिमा प्रभाव पार्ने जिल्ला सभापतिका प्रत्यासी राजु थापा निकट मानिने रेग्मीकै पल्लाभारी यसपटक पनि क्षेत्रमा कायम रहने बुझिएको छ।

त्यसो त रेग्मी लामो समय कांग्रेसको केन्द्रीय नेता एवं पूर्वमन्त्री गोपालमान श्रेष्ठसँग रहेर पनि काम गरे यद्यपी श्रेष्ठले सदैव जिल्लाको राजनीतिमा आफन्तजनलाई मात्र स्थापित गर्न खोज्दा चिडिएका उनी थापासँग निकट हुन पुगे।

स्याङ्जा जिल्ला तहको राजनीतिमा अहिले श्रेष्ठ समूह र थापा समूहको भिडन्त रहँदै आएको छ। २०७० सालको संविधान सभा निर्वाचनमा थापालाई जिताउन रेग्मीले समेत महत्वपूर्ण भूमिका खेलेका थिए।

थापा र रेग्मीकै सक्रियता र आम जनताहरुको साथका कारण करिब २२ बर्षसम्म कम्युनिष्टले राज गर्दै आएको क्षेत्रमा बिजयी हासिल गरेका थिए।

क्षेत्र नं १ मा मात्र नभई हाल जिल्लाभर नै थापा प्यानलले वर्चस्व कायम गरिरहेका कारण यस क्षेत्रमा रेग्मीको जित लगभग सुनिश्चित छ।

गत स्थानीय तहमा पुतलीबजार नगरपालिकाको प्रमुख मा पराजय भोगेका रेग्मीको राजनीतिक यात्रा र उनको व्यक्तित्वकै कारण आगामी नगर प्रमुखमा दाबेदारी र बिजयी हासिल गर्नका लागि रेग्मी जसरी पनि सभापति आफ्नो पोल्टामा पार्ने दाउका साथ मैदानमा उत्रिएका छन्।

More News last news
Loading...