कानून व्यवसायीको प्रदर्शनमा प्रहरीको बल प्रयोग

काठमाडौँ । सर्वोच्च अदालतभित्र प्रवेश गरेर प्रदर्शन गरेका कानून व्यवसायीहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ।

प्रहरीको घेरा तोडेर अघि बढ्न खोजेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको हो। केही कानून व्यवसायीहरुमाथि प्रहरीले सामान्य लाठीचार्ज गरेको छ।

Advertisement

कानून व्यवसायीले अघिल्ला दिन प्रदर्शन गर्दै आएको ठाउँसम्म पुग्नबाट प्रहरीले रोकेको छ। कानून व्यवसायीलाई मूल गेटसम्म प्रवेश नदिने सुरक्षा रणनीति बनाइएको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसनले आज सोमबार पनि प्रदर्शन जारी रहेको थियो ।

प्रधानन्याधीशलाई सर्वोच्च प्रवेशमै रोक लगाउने भन्दै बार आइतबारदेखि गेटमै प्रदर्शन गर्दै आएको थियो। तर, कानून व्यवसायीले अघिल्ला दिन प्रदर्शन गर्दै आएको ठाउँसम्म पुग्न प्रहरीले रोकेपछि केही बेर झडप भएको छ।

More News last news
Loading...