काठमाडौँ । रुपन्देही प्रहरीले लागूपदार्थसहित चार जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले तिलोत्तमा–४ शिवनगरका शंकर नेपाल, तिलोत्तमा-३ का केशव गिरी र बुटवल उपमहानगरपालिका–११ का दीपक नेपाली पक्राउ परेका हुन्।
बुटवल–१३ पवित्रनगरस्थित चेकजाँच गर्ने क्रममा पक्राउ परेका उनीहरुको साथबाट ११ ग्राम ब्राउनसुगर जफत गरिएको छ।इलाका प्रहरी कार्यालय बुटवलबाटै खटिएको टोलीले बुटवल-१७ रानीगञ्जबाट एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बुटवल बस्ने रवी लामा रहेका छन्। उनको साथबाट ब्राउन सुगर ५०० मिलिग्राम फेला परेको प्रहरीले जानकारी दिएको छ।
अवैध लागूऔषध सहित पक्राउ
कमलामाई नगरपालिका-६ माझिटारस्थित सडकबाट अवैध लागूऔषध सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सिराहाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.५ ख ८९०४ नम्बरको हाईस गाडीमा सवार सिरहा, सिरहा नगरपालिका-१८ बस्ने २५ वर्षीय मनोज कुमार कुर्मी र सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ७४३९ नम्बरको गाडीमा सवार सर्लाही बागमती नगरपालिका-११ बस्ने २३ वर्षीय डेनिस बानियाँ रहेका छन्।
उक्त सडकस्थित प्रहरी चेक पोष्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा मनोजलाई ४१ ग्राम ३ सय ९० मिलिग्राम अवैध लागूऔषध गाँजा र १ सय एमएलको २ बोतल लागूऔषध जस्तो देखिने कोडिवेल लेखिएको झोल पदार्थ तथा डेनिसलाई १ सय एमएलका २ बोतल विनसिरेक्स लेखिएको लागूऔषध जस्तो देखिने पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
