प्रदेश १ : नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईद्वारा ६ सदस्यीय मन्त्रिपरिषद् गठन

काठमाडौँ । नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले ६ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।

प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै राईले ६ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन्। राज्यमन्त्री विष्णुमाया तुम्बाहाम्फेलाई मुख्यमन्त्री राईले शपग गराएका थिए।

Advertisement

मंगलबार मुख्यमन्त्री राईले आर्थिक मामिला मन्त्रीमा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो, भौतिक पूर्वाधार विकास मन्त्रालयमा कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की, आन्तरिक मामिला मन्त्रीमा कांग्रेसका प्रमुख सचेतक केदार कार्की, सामाजिक विकास मन्त्रीमा जनता समाजवादी पार्टीका नेता जयराम यादव नियुक्त भएका छन्।

नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविधानको धारा १६८ (२) अनुसार मंगलबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । राईको अध्यक्षतामा ६ सदस्सीय मन्त्रिपरिषद् गठन गरिएको हो।

सरकार गठनका लागि आह्वान गरिएपछि तत्काल पाँच दलीय गठबन्धन दलको समर्थनमा नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राईको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अधिकारीलाई दाबी पेस गरेको पत्र बुझाएका थिए।

More News last news
Loading...